• Breaking News

    Tuesday, April 4, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं – नेपाल प्रहरीले निर्वाचन प्रयोजनका लागि माग गरेको म्यादी प्रहरीमा आवश्यकभन्दा दोब्बर आवेदन परेको छ । बेरोजागर बसिरहेका युवायुवतीले दुई महिना भएपनि जागिर खाने र प्रमाणपत्र बनाउन पाइने आसमा आवेदन दिएको बताएका छन् । लोकसेवा आयोग,कोरियाको इपिएस तथा बैंक वित्तीय संस्थाले जागिरको लागि दरखास्त आह्वान गर्दा १० देखि सय गुणासम्म बढी आवेदन पर्ने गरेको छ ।
    दुई महिना काम गरेर ६ महिनालाई खर्च पुग्ने रकम कमाइ हुने भएकाले आवेदन दिएको एकजना आवेदक अरुण चौधरीले बताए । स्नातक अध्ययनरत चौधरीले जागिर नभएको र विदेश जाने प्रक्रियामा रहेको बेला पैसा आउँछ भनेर म्यादी प्रहरी बन्न खोजेको बताए । स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी माग गरिएकोमा एक लाख ७२ हजार आवेदन परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
    आवेदन दिएकामध्येबाट शनिबारदेखि सोमबारसम्म छनोट गरिने र छनोटको नतिजा मंगलबार प्रकाशित गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
    गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि भन्दै म्यादी भर्ना गर्न आवेदन मागेको थियो । नेपाल प्रहरीले चैत १० गते सूचना जारी गर्दै म्यादी प्रहरीमा आवेदन मागेको थियो ।
    त्यस्तै म्यादी प्रहरीमा छानिएकाहरुलाई चैत २५ गतेदेखि वैशाख ८ गतेसम्म साधारण तालिम दिइने र त्यसपछि सम्बन्धित निर्वाचन क्षेत्रमा खटाउने प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । म्यादी प्रहरीको अवधि ५५ दिनको हुनेछ ।

    नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि प्रदेश नम्बर १ मा १२ हजार पाँच सय ५१ जना मागेकोमा ३७ हजार ६ सय ५६ जनाको आवेदन परेको छ । प्रदेश नम्बर २ मा १६ हजार नौ सय नौ जना माग गरेकोमा ३५ हजार ७१ जना, प्रदेश नम्बर ३ मा १२ हजार आठ सय दुई जना माग गरेकामा २४ हजार एक सय दुईजना, प्रदेश नम्बर ४ मा६ हजार ६ सय ५७ जना माग गरेकोमा १२ हजार आठजना, प्रदेश नम्बर ५ मा१४ हजार एक सय ५१ जनामाग गरेकोमा३५ हजार सात सय २८ जनाको आवदेन परेको छ । त्यसैगरी प्रदेश नम्बर ६ मा पाँच हजार १८ जना माग गरेकामा १५ हजार एक सय १८ जना र प्रदेश नम्बर ७मा१९ हजार दुई सय ५८ जनाले आवेदन दिएका छन् ।
    प्रदेश नम्बर १ मा सबैभन्दा बढी मोरङमा ६ हजार आठ सय ६२ जनाको आवेदन परेको छ भने सबै भन्दा कम सोलुखुम्बुमा ६ सय ५४ जनाले आवेदन दिएका छन् ।त्यसैगरी ताप्लेजुङमा एक हजार ६ सय ५६, पाँचथरमा एक हजार आठसय ८१, इलाममा दुई हजार नौसय १०, झापामा ६ हजार पाँच सय ८६, सुनसरीमा पाँच हजार दुई सय १३ जना, धनकुटामा एक हजार ६ सय ९७, तेह्रथुममानौसय४१, संखुवासभामाएकहजार सात सय ८२, भोजपुरमाएक हजार नौ सय ७१, उदयपुरमा दुई हजार नौ सय ६१, खोटाङमाएक हजार चारसय ७८, ओखलढुंगामाएक हजार ६४जनाको आवेदन परेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले बताएका छन् ।
    प्रदेश नम्बर २ मा सबैभन्दा बढी सर्लाहीमा ६ हजार नौ सय ४४ जनाको आवेदन परेको छ भने सबै भन्दा कम रौतहटमा दुई हजार नौ सयजनाले आवेदन दिएका छन् । त्यसैगरी सप्तरीमा पाँच हजार २९, सिरहामा तीन हजार सात सय ६८, धनुषामा तीन हजार सात सय ७०, महोत्तरीमा पाँच हजार ६०, बारामा चार हजार पाँच सय र पर्सामातीन हजार एक सयजनाको आवेदन परेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले बताएका छन् ।
    प्रदेश नम्बर ३ मा सबैभन्दा बढी काठमाडौंमा तीन हजार सात सय ६० जनाको आवेदन परेको छ । सबै भन्दा कम रामेछापमा आठ सय आठजनाले आवेदन दिएका छन् । मकवानपुरमा दुई हजार तीन सय ९९, चितवनमा तीन हजार एक सय ७९, सिन्धुलीमा तीन हजार दुई सय २२, दोलखामा एक हजार तीन सय ५०, ललितपुरमा एक हजार एक सय ६, भक्तपुरमा एक हजार सात सय सात, काभ्रेमा दुई हजार ४४, सिन्धुपाल्चोकमा एक हजार तीन सय ६८, रसुवामा तीन सय १४, नुवाकोटमा एक हजार चार सय ४२ र धादिङमा एक हजार चार सय तीन जनाको आवेदन परेको छ ।
    प्रदेश नम्बर ४ मा सबैभन्दा बढी गोरखामा एक हजार नौ सय २२ को आवेदन परेको छ भने सबैभन्दा कम मुस्ताङमा ७३ जनाले आवेदन दिएका छन् । त्यसैगरी, लमजुङमा एक हजार चार सय १९, कास्कीमा एक हजार ६ सय ६०, तनहुँमा एक हजार आठ सय ३४, बाग्लुङमा एक हजार तीन सय ७४, मनाङमा एक सय ४७, म्याग्दीमा एक हजार ५०, स्याङ्जामा एक हजार तीन सय ७९, पर्वतमा एक हजार एक सय ५० जनाको आवेदन परेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले बताएका छन् ।
    प्रदेश नम्बर ५ मा सबैभन्दा बढी दाङमा पाँच हजार पाँच सय ५९ जनाको आवेदन परेको छ भने सबै भन्दा कम पाल्पामा नौ सय ४१ जनाले आवेदन दिएका छन् । त्यसैगरी कपिलवस्तुमा तीन हजार ६ सय ३८, रुपन्देहीमा तीन हजार चार सय, नवलपरासीमा तीन हजार चार सय ५७, अर्घाखाँचीमा एक हजार आठ सय २५, गुल्मीमा एक हजार आठ सय ८९, प्युठानमा दुई हजार दुई सय, रुकुममा एक हजार आठ सय ५६, रोल्पामा दुई हजार ३४, बाँकेमा तीन हजार सात सय ९५, बर्दियामा पाँच हजार एक सय ३४ जनाको आवेदन परेको बताइएको छ ।
    प्रदेश नम्बर ६ मा सबैभन्दा बढी सुर्खेतमा तीन हजार आठ सय ३४ जनाको आवेदन परेको छ भने सबै भन्दा कम डोल्पामा तीन सय ६३ जनाले आवेदन दिएका छन् । सल्यानमा दुई हजार सात सय ८९, हुम्लामा ६ सय ३३, मुगुमा ६ सय ८४, जुम्लामा एक हजार एक सय २७, कालीकोटमा एक हजार पाँच सय ११, दैलेखमा दुई हजार दुई सय चार, जाजरकोटमा एक हजार नौ सय ७३ जनाको आवेदन परेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
    सात नरम्बर प्रदेशमा माग गरेको म्यादी प्रहरीका लागि १९ हजार दुई सय ५८ जनाको आवेदन परेको छ । यो प्रदेशका लागि ६ हजार नौ सय १० जनामाग गरिएकोमा झन्डै तेब्बर आवेदन परेको हो ।आवेदन दिनेमा १७ हजार दुई सय पाँच पुरुष र दुई हजार ५३ जना महिला रहेको क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।
    कैलालीमा ६ हजार एक सय २० जनाको आवेदन परेको छ ।त्यस्तै बझाङमाएक हजार दुई सय ४५, बाजुरामाएक हजार दुई सय ४०, डोटीमाएक हजार एक सय ८५,डडेल्धुरामाएक हजार तीन सय २६, बैतडीमा एक हजार पाँच सय ३५, दार्चुलामाएक हजार चार सय ४८ र कञ्चनपुरमा तीन हजार चार सय ९५ जनाले आवेदन दर्ता गराएका छन् ।
    म्यादी प्रहरीका लागि डेढ अर्ब रुपैयाँ विनियोजन
    म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउने छन् । नेपाल प्रहरीका जवानको तलब स्केल सरह मासिक १७ हजार दुई सय ३० रुपैयाँ पाउने छन्। स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्दा डेढ अर्ब हाराहारी खर्च हुने भएको छ ।
    गृह मन्त्रालय पनि म्यादीलाई निर्वाचन अवधिभर तलब÷भत्ता, रासन, लत्ताकपडा लगायतमा शीर्षकमा उपलब्ध गराउनुपर्ने खर्चको लागत अनुमान निर्धारण गर्न जुटेको छ । प्रहरी प्रधान कार्यालयले कम्तीमा डेढ महिनादेखि बढीमा दुई महिनासम्मका लागि म्यादी प्रहरी खटाउनुपर्ने प्रस्ताव गरेको छ ।
    रासन भत्ता बापत सम्बन्धित जिल्लाको बजार मूल्यअनुसार कम्तीमा पाँच हजार दुई सयदेखि १० हजार रुपैयाँसम्म खर्च हुन्छ । यो स्केलअनुसार ७५ हजार म्यादी प्रहरीका लागि डेढ महिनामा तलब र रासनमा मात्रै एक अर्ब २९ करोड रुपैयाँ खर्च हुन्छ ।प्रतिव्यक्ति एक हजार पाँच सयका दरले कपडा सेट व्यवस्थापन गर्दा पनि १२ देखि १५ करोड रुपैयाँसम्म बजेट आवश्यक पर्ने देखिएको छ ।
    परिक्षणमा तीनजनाको मृत्यु
    म्यादी प्रहरीमा भर्नाका लागि छनोटका क्रममा ३ जनाको मृत्यु भएको छ । विराटनगर १६ का तुलसी राजवंशीको लडेर निधन भएको प्रहरीले जनाएको छ । त्यस्तै बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए । लगत्तै अस्पताल पु¥याए पनि बचाउन नसकेको प्रहरीको भनाइ छ । यस्तै खोटाङ सतेश्वरका २४ वर्षीय किशोर निरौलाको पनि मृत्यु भएको छ । तालिमका क्रममा बेहोस भएका उनको उपचारका क्रममा निधन भएको हो ।
    (जिल्लाका साथीहरुको सहयोगमा)
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture