भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
दिप प्रसाद पुन गोर्खालीको सान नेपालीको सान म्याग्देलीको सान म्याग्दीको पश्चिम् बिम गा.बि स मा जन्मनु भएका दिप प्रसाद पुन बेलायती सेनामा आबद्ध हुनुहुन्छ सान्ती सेनाको रूपमा अफगानिस्तान थिए त्यहाँ एक चेक पोइन्टमा तालेबान संग हमला हुन पुगियो उनी एक्लो थिए !
करिब १५ मिनेटको भिडन्तमा दिप प्रसाद पुन ले ३० जना भन्दा बढी दुश्मन लाई धुलो चताएका थिए उनको साहसिकपनको कदर गर्दै बेलायतका रानीले भित्तोरियक्र्स प्रदान गरि सम्मान गरे।
पुनले २०६७ असोज १ गते राति अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लास्थित एक सैनिक चौकीमा हमला गर्न आएका लालिवान लडाकूलाई एक्लै भिडेर भगाउन सफल भएका थिए ।
‘चौकीलाई चारै तिरबाट तालिवानले घेरेका थिए, मेरो अगाडि उनीहरुसँग लड्नु बाहेक दोस्रो विकल्प थिएन’ पदक हात पारेपछि उनले बेलायती सञ्चारमाध्यमसँगको प्रतिक्रियाका क्रममा भनेका छन् ‘म निश्चित रुपमा मारिन्छु भन्नेमा विश्वस्त थिएँ । आफू मर्नुभन्दा पहिले सकेसम्म धेरैलाई मान्नुपर्छ भन्ने दृढ निश्चयका साथ लडिरहें ।’
सन् २००० मा बेलायती सेनामा भर्ती भएका पुनका हजुरबा र बाबु पनि बेलायती सेनामै कार्यरत थिए । पुनको बहादुरीको प्रसंशा गर्दै बेलायती सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशन/प्रसारण गरेका छन् ।
Loading...

No comments:
Post a Comment