भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
दुई महिनाको अन्तरमा बाबु आमा दुबैको मृत्यु भएसँगै छोराछोरीको बिचल्ली भएको छ। पेटको रोगी ज्याला मजदुरीको काम, त्यसैमा पनि टाईफाइटले थलेर सीताराम बयलकोटीको केही समय अगाडी मृत्यु भयो। खर्च अभावले अस्पताल पनि पुर्याउन सकिएन, त्यसलगत्तै आमा पनि खस्नुभयो छोरी राधिका आँशु पुच्दै दुखेसो पोख्छिन्।
बाबुआमा दुबैको मृत्यु भएसँगै १७ वर्षकी किशोरी राधिका र दुई भाईहरु १३ वर्षका प्रकाश र २ वर्षीय इराक बयलकोटी ठुलो बुबा चुनबहादुरले बनाईदिएको छाप्रोमा बस्दै आएका छन्। उनकै पनि हरि बिजोग छ । सँधै आफन्त र छरछिमेकको सहयोेगमा छाक टार्न मुस्किल पर्न थालेपछि राधिका दुई वर्षको सानो भाईलाई घरमै छाडेर मजदुरी गर्न जान थालेकी छन्। राधिका गहभरी आँशु पार्दै भन्छिन् - 'रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भयो । भाइलाई पढाउन त परैको कुरा बचाउँन पनि नसक्ने भएँ।'
Loading...
No comments:
Post a Comment