• Breaking News

    Friday, April 21, 2017

    रुखले किचेर एकको मृत्यू, एक गम्भिर घाइते

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    अमृत बास्तोला/बैशाख, ८ तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिपकामा रूखले किचेर शुक्रबार अपराहन्न एक जनाको मृत्यु भएको छ । आठराई गाउँपालिका २ साविक खाम्लालुङ ९ दोरपमा गोलियाका लागि उतिसको रूख ढाल्ने क्रममा ईलाम घर भई संक्रान्तिबजारमा ३ वर्ष देखि बस्दै आएका ३५ वर्षिय अमिर लिम्बूको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिनु भयो । रूखले नै किचेर आठराई गाउँपालिका १ साविक संक्रान्तिबजार ९ पुराना गाउँका लक्ष्मी लिम्बू गम्भीर घाइते भएका छन् । घाइते लिम्बूको संक्रान्तिबजार स्थित प्राथमिक स्वास्थ केन्द्रमा उपचार सम्भव नभए पछि सुबिधा सम्पन्न ठाउँमा उपचारका लागि पठाईएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture