• Breaking News

    Tuesday, April 25, 2017

    उत्तर कोरियामा विप्लवका चर्चित नेता कुटिए, मारिदिऊँ भन्दै बाथरुममा लगेर दनक दिए

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं वैशाख। जसले नेतृत्व गरेर विदेश लग्यो उसलाई आफैंले लगेका मान्छेबाट कुटाइ खानुप¥यो भने के हालत होला ? त्यो पनि उत्तर कोरियाजस्तो अत्यन्त कडा कानुनी व्यवस्था भएको देशमा ! जनआस्था साप्ताहिकमा खबर छ– उत्तर कोरिायका संस्थापक राष्ट्रनेता किम इल सुङको १०५ औं जन्मजयन्तीको अवसर पारेर नेपालबाट १५ जनाको समूह प्योङयाङ गएको थियो । जसमा फरक–फरक तीनवटा प्रतिनिधि मण्डल थिए । पुराना पत्रकार मञ्जुरत्न शाक्यको परिवारबाट चार जना थिए भने मणिकलाल दम्पती अर्को समूहमा थियो । शंकर भारती नतृत्वको तीन जनाको अर्को समूह थियो । अनि झगडा प¥ विप्लव समूहका अशोक सुवेदीले नेतृत्व गरेको ६ जनाको समूहमा । सुवेदीको टिममा त्रिविमा इतिहासका प्रा.डा. सुरेन्द्र केसी र हस्तबहादुर केसीसँगै थप तीनजना थिए । काठमाडौंबाट सांघाई गएर त्यहाँबाट रेलमा सुवेदी समूह बेइजिङ पुग्यो । बेइजिङबाट चैत ३१ गते बिहीबार उत्तर कोरिायको राजधानी टेकेको टोली पुग्नासाथ आपसी झगडामा उत्रिएको हो । वैशाख ७ गतेसम्म प्योङयाङमा रहँदा विप्लव समूहका कटवाल, शाही र भण्डारीले आफ्नै नेता अशोक सुवेदीमाथि हात हालेका हुन् । आफ्नै प्रतिनिधिमण्डलका नेतामाथि कुटपिट गर्नुपर्ने खास कारणचाहिँ पैसाको लेनदेन बुझिएको छ । सबै सहभागीबाट नोपल कोरिया लेखक तथा पत्रकार संघका नाममा जनही तीन लाख रुपैयाँ उठाइएको रहेछ । भिसाका लागि थप २ सय डलर पनि लिएको बताइन्छ । कोरिाय पुगेपछि जम्मा डेढ लाख रुपैयाँ जति मात्र बाटो खर्च परेको र भिसा शुल्क नलागेकको थाहापाएपछि कुटपिटमा उत्रिएका रहेछन् । हाम्रो पैसा फिर्ता दिन्छस् कि यहीँ मारिदिऊँ भन्दै अशोक सुवेदीलाई बाथरुममा लगेर युवाले मुड्की हानेको पार्टीमा उजुरी छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture