• Breaking News

    Friday, April 21, 2017

    विश्व बैंकद्वारा नेपालको प्रशंसा, आर्थिक वृद्धिदर उच्च बनाएकोमा बधाई

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् ।

    चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गरेका छन् ।

    केही महिनाअघि साढे ५ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरेको आइएमएफले हालै मात्र आफ्नो प्रक्षेपण बढाएर साढे ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

    विश्व बैंक समूहमध्येका एक कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालले आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाली टोलीलाई बधाई दिएका थिए ।

    उनले विश्व बैंक समूहमा नेपालसहित ब्रुनाई, फिजी, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, सिंगापुर, थाइल्यान्ड, टोंगा र भियतनामका लागि प्रतिनिधित्व गर्छन् ।

    नेपालको आर्थिक विकासलाई अझ तीव्र पार्न विश्व बैंकको सहयोग जारी रहने उनले बताए ।

    विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) कार्यक्रमअन्तर्गत विकासोन्मुख मुलुकलाई सहयोग गर्दै आएको छ । ‘आइडिए १८’ मा विश्व बैंक सहायता निकायअन्तर्गतको सहयोग दोब्बर गरिने उनले जानकारी दिए ।

    सन् २०१८ मा आइडिएले प्रवाह गर्ने सहायतालाई ‘आइडिए १८’ भनिएको हो । यसले सन् २०१८ मा नेपालकोे आर्थिक वृद्धिदर उच्च पार्न सहयोग पुग्ने अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले बताए ।

    बैठकमा मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालमार्फत नेपाल सरकारलाई अनौपचारिक बधाई सन्देश दिएको अर्थ मन्त्रालयले बताएको छ । -नयाँ पत्रिका दैनिकबाट
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture