• Breaking News

    Tuesday, March 21, 2017

    हलिउडमा अमृता

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    हलिउडको टेलिभिजन सिरिज शो गेम अफ थ्रोन कसले हेर्नुभएको छ ? उक्त शोमा इर्रीको भूमिका निर्वाह गर्ने अभिनेत्री नेपाली हुन् अर्घाखाँची जिल्लाको खाँचिकोट पुख्र्यौली घर भएकी कपिलवस्तुकी युवती । पाटन अस्पतालका पूर्वचिकित्सक गणेश आचार्यकी छोरी अमृता आचार्य यतिबेला पश्चिमी फिल्मी दुनियाँमा आफ्नो अभिनयको चमत्कार देखाउँदै छिन् । ६ वर्षको उमेरमै बाबुआमासँग बेलायत पुगेकी २६ वर्षीया अमृताले लन्डनस्थित एकाडेमी अफ लाइभ एन्ड रेकर्डेड आर्ट्सबाट अभिनय कलामा स्नातक गरिन् ।

    अमृताको मुख्य भूमिका रहेको चर्चित ब्रिटिस आइटिभीको मेडिकल ड्रामा ‘द गुड कर्म हस्पिटल’को प्रसारण गत फेब्रुअरीमै प्रारम्भ भैसकेको छ । उनको व्यवसायिक अभिनय यात्रा भने प्रख्यात अमेरिकी टेलिभिजन एचबीओ को सिरिज ‘गेम अफ थ्रोन’ मा महारानीकी सुसारे ‘इर्री’ को भूमिकाबाट प्रारम्भ भएको हो । अमृताले अभिनय गरेको नर्वेजियन चलचित्र ‘याई आर दिन’ सन् २०१३ मा ओस्कारका लागि मनोनयनमा परेको थियो । सन् २०१४ मा अमृताले अभिनय गरेको अर्को नर्वेजियन चलचित्र ‘दोद स्नो’ अमेरिकी सुन्डान्स फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको थियो ।

    नर्वेको टिभी टुद्वारा प्रसारित लोकप्रिय सिरिज फ्रिच्येन्तमा अमृताले सरकारी वकिलको भूमिका निर्वाह गरेकी छिन् । झन्डै ७७ करोड रुपैयाँमा निर्मित उक्त सिरिज जर्मनी, फ्रान्स, ब्रिटेन, न्युजिल्यान्ड आदि २१ राष्ट्रमा प्रसारणका लागि बिक्री भएको छ । यसबाहेक उनले ब्रिटिस रोमान्टिक कमेडी ‘अमर, अकबर एन्ड टोनी’ मा समेत अभिनय गरेकी छिन् । अमृता उपयुक्त भूमिका पाए नेपाली चलचित्रमा पनि काम गर्न चाहन्छिन् ।

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture