• Breaking News

    Tuesday, March 21, 2017

    कतारमा डब्लुडब्लुई रेसलरहरुको म्याच हुँदै

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    कतारमा क्युपिडब्लु सुपरस्लाम च्याम्पियनसिप अन्र्तगत विश्व प्रख्यात रेसलहरुको प्रतियोगिता हुने भएको
    छ । आउँदो अप्रिल २८ तारिख दोहा स्थित अलि बिन हमाद अल अत्तिया एरिना मा हुने प्रतियोगिता बेलुका ८ बजे बाट सुरु हुनेछ । दर्शकहरुको प्रवेशका लागि भने ६ बजे बाट नै गेट खुल्ला गरिने जानकारी गराइएको छ ।

    प्रतियोगितामा विश्व प्रख्यात रेसलहरु बुकर्टी,रे मिस्टेरियो,जोनी मुन्डो,क्रिस राबेर,कतारी रेसलर अलि अल नैमी सहित जम्मा २५ रेसलहरुको सहभागिता रहनेछ ।

    सन् २०१३ मा स्थापना भएको कतार प्रो रेस्लिङ्ग मध्यपूर्व एसिया कै पहिलो प्रो रेस्लिङ्ग प्रमोसन कम्पनी हो । कम्पनी द्धारा सन् २०१३ र २०१५ गरि कतारमा दुई सफल रेस्लिङ्ग प्रतियोगिता आयोजना गरिसकेको छ ।




    कतार प्रो रेस्लिङ्ग द्धारा आयोजना हुने प्रतियोगिताको टिकट शुल्क भने ५०(ब्रोन्ज),१५०(सिल्भर),३५०(गोल्ड),५००(भिआईपी) गरि तोकिएको छ । टिकट अनलाइन मार्फत बुकिङ्ग गर्न सकिनेछ ।





    कतारका अरु धेरै समाचारहरुका लागि,  हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture