• Breaking News

    Sunday, March 26, 2017

    बैशाख १५ देखि सबै टेलिभिजनमा अनिवार्य सेट-टप बक्स,यस बारे थाहा छ तपाईलाई ?

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं,चैत १० – सूचना तथा सञ्चार मन्त्रालयले २०७४ बैशाख १५ गतेदेखि काठमाडौ, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखराका क्षेत्रमा डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्ने भएको छ । पहिलो चरणमा भने काठमाडौंसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा आगामी वैशाख १५ भित्रै यो ब्यवस्था लागू हुनेछ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो । वैशाख १५ पछि केबल टेलिभिजन डिजिटलाइजेशन भएनन् भने टीभी चल्ने छैन ।

    मन्त्रालयले हाल एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्न बाध्यकारी नीति अबलम्बन गरेको हो । यस्तै सो बाहेकका अन्य क्षेत्रमा पनि २०७४ कार्तिक १५ गतेसम्म र बाँकी रहेका सबै क्षेत्रमा २०७५ बैशाख १५ गतेसम्म डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्न लागिएको छ । सरकारको यो निर्णयसँगै परम्परागत किसिमको न्यून गुणस्तरिय सेवा पाइरहेका सेवाग्राहीले अब डिजिटल प्रणालीको टेलिभिजन सेवा पाउने भएका छन् । नेपाल अन्तराष्ट्रिय दूरसञ्चार यूनियनको सदस्य राष्ट्र भएकाले यसको निर्णय अनुसार यस्तो व्यवस्था गरिएको हो । आइटियुले विश्वभर एनालग टिभीको सट्टामा डिजिटल टिभी कार्यन्वयन गर्न सदस्य राष्ट्रहरुसमक्ष आह्वान गरिसकेको छ ।

    एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि १५ सयदेखि ३ हजार मूल्यका छुट्टै सेट-टप बक्स लगाउनुपर्नेछ । तर, अब सेट-टप बक्सको सेवा शुल्क भने फरक-फरक लाग्नेछ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिनेछ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture