भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
आगामी असारमा सोमप्रसादको हत्या भएको तीन वर्ष पूरा हुन्छ । हत्या भएको तीन वर्षसम्म पनि सोमप्रसादको शव नेपाल ल्याउन सकिएको छैन । सोमप्रसादका दाजु नवराज सिलवाल भाइको शव नेपाल ल्याउन अहिलेसम्म धेरैपटक पहल गर्दा पनि नसकेको गुनासो गर्छन् । भाइको हत्याबारे दाजु नवराज भन्छन्, ‘घरमा बुढा बाआमा छन् । भाई नेपाल फर्किन एक महिना बाँकी थियो । नेपाल आएपछि उसको विवाह गरिदिने सोच थियो । उतै हत्या गरिदिए ।’ तीन दाजुभाइमध्ये कान्छा सोमप्रसादको हत्या भयो भने माइला वैदेशिक रोजगारीकै लागि अहिले दुबई गएका छन् । जेठा नवराज चितवनकै एक विद्यालयको गाडी चलाएर गुजारा चलाउँछन् । नवराज भन्छन्, ‘अहिलेसम्म हिन्दू परम्पराअनुसार कुनै काजकिरिया गर्न सकिएन । तीन वर्षदेखि हामीले कुनै चाडपर्व मनाएका छैनौँ ।’
सोमप्रसादको जलेको शरीरका केही हड्डी मात्रै संकलन गरेर साउदीको अस्पतालमा राखिएको छ । सोमप्रसाद हत्याको मुद्दा साउदी अदालतमा विचाराधीन छ भने हत्याका मुख्य अभियुक्त प्युठानका सतिउल्लाह र चितवनकै टीकाराम अहिले साउदी जेलमा छन् । साउदी अदालतको फैसलाअनुसार अहिले पीडक र पीडित पक्षले ब्लडमनी (हत्यापछि पीडित पक्षले पाउने क्षतिपूर्ति रकम)का लागि सहमति जनाएका छन् । पीडित र पीडक पक्ष दुवै नेपाली भएकाले ब्लडमनी लिन र दिन सहमत रहेको पत्र केही दिनअघि मात्रै मृतक सोमप्रसादका दाइ नवराजले कन्सुलर सेवा विभागमार्फत साउदी पठाएका छन् । अदालतले ब्लडमनी रकमबारे केही नबोलेकाले अहिले नै आफूले पाउनुपर्ने रकम दाबी नगरिएको मृतकका दाजु नवराजले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
Loading...
No comments:
Post a Comment