• Breaking News

    Saturday, March 11, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    कतार सरकार काे सवारि बिभाग ले सवारि ब्यवस्थापन का लागि ट्राफिक नियममा थप कडाइ गरेकाे छ । ट्राफिक नियम उल्लँघन गर्ने सवारि चालक लाई लाग्ने जरिवाना हरु पुराना लाई समेत परिमार्जन गर्दै केही नियमहरु साथै जरिवानाहरे थप गरेकाे छ ।
    जुन यसप्रकार छन :-

    १)मादक पदार्थ सेवन गरि सवारि चलाएमा ,
    बाटाेमा अन्य सवारि चालक लाई गालि गलाैज वा गलत व्यवहार देखाएमा कतारि रियाल 300 देखि 6000 सम्म जरिवाना लाग्ने । साथै सवारि साधन सहित चालक जेल चलान गरिन सक्ने ।

    २) सवारि बत्तिहरु ताेडेमा

    ( ट्राफिक सिग्नल जम्प गरेमा कतारि रियाल 6000 सम्म जरिवाना लाग्ने र 3 प्वाईन्ट काटिने ।

    ३) बच्चालाई अगाडिको सिट मा राखेमा

    10 बर्ष भन्दा मुनिकाे बच्चा लाई चलिरहेकाे गाडिमा अगाडिकाे सिटमा राखेमा कतारि रियाल 5000 जरिवाना लाग्ने ।
    ४)  सानो कुरामा बाटो ब्लक गरेमा

    सानाेतिनाे दुर्घटना हुदा समेत बाटाे नै बन्द हुनेगरि गाडि राखेमा वा बाटाेबाट गाडि नहटाएमा कतारि रियाल 1000 जरिवाना लाग्ने ।

    ५) बत्ति नबालेमा

    रातिमा सवारि चलाउला लाईट नजलाएमा कतारि रियाल १००० सम्म जरिवाना लाग्ने ।

    ६) फोन उठाएमा

    सवारि चलाउदा फाेनमा वा साथि सँग कुरा गरेमा क.रि.३०० जरिवाना लाग्ने ।

    ७) लुकी कुकी टि भि लगायत भिडियाे हेरेमा

    सवारि चलाउदै गर्दा स्टेरिङ मुनि माेबाईल वा टि भि लगायत भिडियाे हेरेमा कतारि रियाल 500 जरिवाना लाग्ने ।

    ८)बिपरित दिशामा सवारि चलाएमा

    ( जहाँ दुईतर्फि बाटाे हुदैन ) कतारि रियाल ६०००जरिवाना साथै 6 प्वाइन्ट काटिने ।

    ९) प्रतिबन्धित ठाउमा U टर्न गरेमा

    वा डिभाइडर माथिबाट चढाई यु टर्न गरेमा वा बाटाे काटेमा कतारि रियाल ६०००  साथै 3 प्वाईन्ट काटिने ।

    १०) अत्याबस्यक सवारीलाई बाटो नदिएमा

    पुलिस सवारि तथा एम्बुलेन्स लाई बाटाे नदिएमा कतारि रियाल ५००  जरिवना लाग्ने ।

    ११) उच्च गतिमा गाडी चलाएमा

    रातिमा बढि रफ्तारमा सवारि चलाईमा कतारि रियाल ३०० जरिवाना लाग्ने ।

    १२) गलत बाटोबाट अर्को गाडीलाई उछिन्न खोजेमा

    गलत तरिकाले ( दायाँ तर्फ बाट) overtaking गरेमा कतारि रियाल ५००जरिवाना लाग्ने ।

    १३) सिट बेल्ट नलगाएमा

    सिट बेल्ट नलगाएमा कतारि रियाल ५००  जरिवाना लाग्ने ।
    लगायत थुप्रै नियमहरु बनाइ कडाइका साथ नियम पालन गर्न अनुराेध गरिएकाे छ । यी नियमहरु तपाईं हाम्रै शुरक्षाका लागि हुन् । तसर्थ सवारि चालकहरुले जिम्मेवार तरिकाले नियम सँगत सवारि चलाउनु हाेला ।

    हामिले गरेकाे गल्तिले हामी आफैले वा अनाहकमा अरुकसैले समेत ज्यान गुमाउन सक्छ भने हाम्रा वा अरु कसैका पछाडि आश्रित परिवार हरु बेहाल हुन सक्छन एकै मिनटमा सारा सपनाहरु चकनाचुर हुन सक्छन । त्यसैले सवारि नियम पालना गराैँ , आफू बचाैँ अरुलाइ पनि बचाउँ ।

    जनचेतनाका लागि सक्दाे सेयर गराैँ !!
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture