• Breaking News

    Monday, March 13, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    पहिलोपटक केन्यामाथि जित हासिल गर्नेक्रममा नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा ७ विकेटको जित हासिल गरेको हो ।

    सोमबार कीर्तिपुर मैदानमा १५६ रनको सामान्य चुनौती नेपालले ३० ओभर २ बलमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

    तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच १११ रनको साझेदारी हुनेक्रममा ज्ञानेन्द्रले अविजित रहँदै ६४ तथा ऐरीले ६२ रन बनाए ।

    त्यस्तै, अलराउन्डर शरद भेषावकरले ११ बलमा अविजित रहँदै २४ रन बनाए ।



    यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा अलआउट हुँदै १५५ रन बनाएको थियो ।

    नेपालका लागि शरदले २८ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी, मेहबुब आलम र बसन्त रेग्मीले २/२ तथा सन्दीप लामिछाने र सागर पुनले १/१ विकेट लिए ।



    यसअघि, गत शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

    यो जितसँगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्याको १० अंक छ ।

    नेदरल्यान्ड्स १६, पपुवा न्यूगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११/११ अंक छ । शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् ।

    अब नेपालले छैटौं चरणको खेलमा हङकङसँग खेल्नेछ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture