• Breaking News

    Sunday, March 26, 2017

    वैदेशिक रोजगारी : दैनिक आठ सय जान्छन्, चारजनाको शव आउँछ

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, १४ चैत । वैदेशिक रोजगारीका लागि दैनिक सातदेखि आठ सय नेपाली जाने गरेका छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसियामा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिइन् ।

    आजको नयाँ पत्रिकामा खबर छ– उनका अनुसार आर्थिक वर्ष ०७१÷७२ सम्म वैदेशिक रोजगारीका लागि दैनिक १५ सय नेपाली जाने गरे पनि गत वर्षदेखि यो क्रम घटेको छ । नेपाल एयरलाइन्स कार्गो डेलिभरी अर्डर सेक्सनका कर्मचारी मुरारीप्रसाद अधिकारीका अनुसार एकैदिन १० वटासम्म शव नेपाल आउने गरेको छ । दैनिक सरदरमा चारजनाको दरले विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल आउने गरेको उनले बताए ।

    ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् । हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् ।

    तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ । यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । त्यस्ता अभियोगमा नेपालीहरू पक्राउ पर्ने र छुट्नेक्रम हरेक दिन सयौँको संख्यामा रहेकाले पनि तथ्यांक राख्न आवश्यक नरहेको कन्सुलर सेवा विभागले जनाएको छ ।


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture