• Breaking News

    Sunday, March 26, 2017

    पाकिस्तानबिरुद्ध नेपालको सय रन पुरा

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    चैत्र १४, २०७३ एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तानसंग प्रतिस्पर्धा गरिरहेको नेपाल ३३ ओभरको समाप्तिमा सय रन पुरा गरेको छ । बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १ सय ३ रन बनाएको छ । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल र सागर पुन सस्तैमा आउट भएपनि नेपालको इनिङ्स सरद भेषवाकर र सुनिल धमलाले सम्हालेका छन । सुनिल ३१ र भेषवाकर २९ रन बनाएर क्रिजमा छन । कप्तान मल्ल ३ र पुन ४ रनमा पवोलियन फर्किएका थिए । दिपेन्द्र सिंह ऐरी १४ रनमा आउट भए ।  पछिल्लो पटक नेपाली टिम पाकिस्तानको २३ बर्ष मुनिको टोलीसंग ९ विकेटले पराजित भएको थियो । नेपाल रहेको समुह एमा पाकिस्तान सहित बंगलादेश र हङकङ समावेश छन । एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा सञ्चालित प्रतियोगिता ४ बर्षपछि बंगलादेशमा सुरु भएको हो । प्रतियोगितामा एसोसियट राष्ट्रको सिनियर टिम सहित टेष्ट राष्ट्रका २३ बर्ष मुनिका खेलाडीको सहभागिता रहनेछ ।

    खेलको लाईभ अपडेट हेर्नुहोस 
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture