भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा नौ विकेट गुमाउदा दुई सय ५७ रन बनायो । पारीको सुरुवातमा नेपालले उत्कृष्ट बलिङ गरेको थियो । नेपालका अभिनाष कर्णले बंगलादेशका सुरुवाती तीन ब्याट्सम्यानलाइ सस्तैमा पभेलियन फर्काउदै दबाव दिएका थिए । अभिनाषले ओपनर मोहम्मद सैफ हसनलाइ सात रनमा आउट गरे भने अर्का ओपनर अज्मिर अहमदलाइ खाता खोल्न नदिदै पेभेलियन फर्काए ।
जसका कारण बंगलादेशले आठ रनमा दुई विकेट गुमाएको थियो । त्यसपछि पुन अभिनाषले मोहम्मद मिथुनलाइ पनि खाता नखोल्दै आउट गरेपछि बंगलादेशले १५ रनमा तीन विकेट गुमाएको थियो । त्यसपछि महबुब आलमले नजमुल हुसेन सान्टोलाइ चार रनमा बोल्ड गरेपछि बंगलादेशले ३३ रनमा चार विकेट खेर फालेको थियो । तर त्यसपछि बंगलादेको पारीले सिनियर टिमका सदस्य नासिर हुसेन र कप्तान मोमिनुल हकले सम्हाले ।
उनले पाचौ विकेटका लागि ७८ रनको साझेदारी गरे । तर मोमिनुल ६१ रनमा सन्दिप लामिछानेको बलमा आउट हुदा बंगलादेशको छैटौ विकेट झरेको थियो । त्यसपछि अफिफ हुसेनले १४ तथा सैफुदिनले १३ रनको योगदान गरे । नबौ विकेटका लागि अब्दुल हसन राजु र नासिर हुसेनले ७५ रनको साझेदारी गर्दा नेपालले दुई सय ५८ रनको लक्ष्य पायो । जसमा नासिरले अविजीत एक सय नौ रन बनाए भने राजुले २९ रनको योगदान गरे । नेपालका लागि अविनाश कर्णले तीन तथा सन्दिप लामीछानेले दुई विकेट लिए ।
Loading...
No comments:
Post a Comment