• Breaking News

    Wednesday, March 1, 2017

    साउदी नरेशको शान, सुनको भर्‍याङबाट ओर्लिए (फोटोफिचर)

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    सुनको भर्‍याङ ओर्लिदैं गरेका साउदी नरेशको तस्वीर अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएको छ । उनको भ्रमणमा १० मन्त्री, २५ राजकुमार सामेल छन् ।



    विगत ५० वर्षमा पहिलोपटक साउदी नरेशको इन्डोनेसिया भ्रमण भएको हो । त्यसैले पनि यो भ्रमणलाई इन्डोनेसियाले खास महत्व दिएको छ ।



    एक महिना लामो एसिया भ्रमणका क्रममा इन्डोनेसियामा साउदी नरेशले ९ दिन बिताउने बताइएको छ । राजधानी जकार्तामा उनका लागि खास व्यवस्था गरिएको छ । उनी जकार्ताको एक मस्जिदमा उनका लागि खास कोठाको व्यवस्था गरिएको छ । मस्जिदभित्र उनका लागि भीआइपी शौचालयको व्यवस्थासमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।



    ८१ वर्षीय नरेशको विदेश भ्रमण प्रायः अन्तर्राष्ट्रिय संचारमाध्यमका लागि खुराक बन्ने गरेको छ । उनी सन् २०१५ मा वासिंटन पुग्दा पनि अन्तर्राष्ट्रिय संचारमाध्यमले उनको भ्रमणलाई खास महत्व दिएका थिए । भ्रमणमा उनले जर्जटाउनको फोर सीजन्स होटलका सबै कोठा बुक गराएका थिए ।



    सन् २०१५ मै उनी फ्रान्स भ्रमणमा जाँदा उनीसँग एक हजार सदस्यीय भ्रमण टोली थियो । उनी बसेको होटल सामुन्ने रहेको समुद्री तटलाई सर्वसाधारणका लागि बन्द गरिएको थियो । (एजेन्सी)
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture