भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
स्याङ्जा फेदीखोला-९ की रिमा शुक्रबार घरकै कोठामा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएकी घटनास्थल पुगेका इन्स्पेक्टर सुनिल प्रधानले डिसी नेपाललाई जानकारी दिए।
‘विहान धान कुटाउन जान आमाले आग्रह गर्दा उनी नजाने भनेपछि परिवारका सदस्य धान कुटाउन गएछन्,’ प्रधानले टेलिफोनमा भने ‘त्यही समयमा घटना भएको बुझिन्छ।’ सवा १० बजे परिवारले मृत अवस्थामा भेटेपछि प्रहरीमा खबर गरेका थिए।
चुनाव जित्ने प्रबल आश थिएनः
रिमाले चुनावमा जम्मा २८ मत पाएकी थिइन्। उनका प्रतिस्पर्धी ९२ मत ल्याएर विजयी भएका थिए। ‘चुनावी परिणाम अपेक्षित नै हो, जित्ने भन्ने खासै आश नरहेको कारण चुनावको हार नै मृत्युको कारण किटान गर्न सकिदैन।’ प्रहरी भनाइ छ ‘अनुसन्धानबाट मात्रै यथार्थ थाहा लाग्नेछ।’
नेविसंघकै स्थानीय विद्यार्थी नेताहरू पनि मत परिणाम स्वाभाविक नै रहेको बताउने गरेका छन्।
के छ सुसाइड नोटमा ?
रिमाले सोही कोठामा आधा पानाको सुसाइड नोट लेखेकी छन्। मृत्युको स्पष्ट कारण उनले खुलाएकी छैनन्।
नोटमा लेखिएको छ–मर्ने रहर त थिएन तर इज्यतनै नरहेपछि बाच्ने रहर मर्दो रहेछ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानमा रिमाले हिनताबोध गर्नु पर्ने खालको कुनै अर्को कारणबारे परिवार, आफन्त र साथिहरू जानकार छैनन्।
प्रहरी भनाइ छ– ‘चुनावको हार नै उनको हिनताबोधको कारण हुन सक्छ, तर अनुसन्धान पछि मात्रै सबै कुरा थाहा लाग्नेछ।’
Loading...
No comments:
Post a Comment