भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
घटना ब्राजिलको साओ पाउलोस्थित कुबाटाओ भन्ने ठाउँको हो । नाम नखुलाइएकी एक पत्नीले आफ्नो श्रीमानलाई उनकै अपार्टमेन्टमा एक अपरिचित युवतीसँग सहवासमा लिप्त भएको आफ्नै आँखाले देखिन् ।
असैह्य भएर उनले ती २० वर्षीया युवतीमाथि बेइज्जतीपूर्ण कारवाही गरिन् । उनले ती युवतीको कपाल रेजरले काटेर रागेपाटे बनाइदिइन् । उनले लगाएको लुगा च्यातचुत पारेर नांगेझार बनाइन् । अनि बस्तीमा नांगै डुलाइन् ।
पछि श्रीमानले ती युवतीलाई उद्दार गरी कपडा लगाइदिएका थिए । उक्त बस्तीका कुनै छिमेकीले मोबाइलबाट यो दृष्यको भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिए ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले श्रीमतीको एक्सनप्रति आपत्ति जनाउँदै उनलाई कारवाही गर्न प्रहरीको ध्यानाकर्षण गरे । प्रहरीले पनि तुरुन्तै घटनाको अनुसन्धान थालेर उनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नुअघि फेसबुकमा लेखेकी थिइन्, ‘मैले जे गरेँ, ठीक गरेँ । एउटा विवाहित पुरुषसँग लसपस गर्नेलाई यस्तै सजाय दिनुपर्छ ।’
उनले आफू अब श्रीमानसँग सँगै बस्न नसक्ने समेत घोषणा गरेकी छिन् ।
पीडित युवतीले प्रहरीलाई बयान दिँदै पुरुष विवाहित रहेकोबारे आफूलाई थाहा नभएको बताएकी छिन् । आफूहरुबीच करिब पाँच महिनादेखि सम्वन्ध रहेको उनको भनाइ छ ।
पीडक महिला यदि दोषी ठहरिएको खण्डमा १० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्छ । उनीमाथि अर्को व्यक्तिलाई धम्क्याएको शारीरिक चोटपटक लगाएको, बदनाम गरेको, यातना दिएको लगायतका अभियोग प्रहरीले लगाएको छ
Loading...
No comments:
Post a Comment