• Breaking News

    Sunday, March 5, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    ज्यान गुमाउनुअघि म्याग्दी कुहुँ–१ पूर्णगाउँका फुलप्रसाद अर्मजाले लिएको सेल्फी तस्बिर । तस्बिर सौजन्यः गोविन्द अर्मजा
    म्याग्दी— भारत–पाकिस्तान सीमा क्षेत्रबाट म्याग्दी कुहुँ–१ पूर्णगाउँका फुलप्रसाद अर्मजाले बेलायतमा रहेका दाजु गोविन्दलाई टेलिफोनबाट बाख्लो हिमपात भइरहेको बताएको एक महिनाजति भयो। भारतीय सेनामा कार्यरत उनी पाकिस्तानी भूभागबाट भारतीय भूमिमा हुने आक्रमण रोक्न कश्मीरको माथिल्लो भेगमा खटिएका थिए। उनले फोनमा दाजुलाई आतंकवादीसँगको लडाइँभन्दा पनि हिमपहिरो डरलाग्दो भएको बताएका थिए । हो रहेछ, उनको ज्यान हिमपहिरोले नै लियो।
      केही महिनाअगाडि पाकिस्तानी भूमिबाट भएको आक्रमण क्षेत्र आसपासमै खटिएका अर्मजाले मंसिरदेखि फागुन अन्तिमसम्म हिमपात भएका क्षेत्रमा जोगिन मुस्किल हुने परिवारलाई बताउने गरेका थिए। कश्मीरको जोखिमपूर्ण क्षेत्रमा नेपालीको उपस्थिति धेरै छ।
    अत्यधिक हिमपातसँगै झरेको हिमपहिरोमा परेर ज्यान गुमाएका अर्मजाको शुक्रबार साँझ अन्त्येष्टि गरी परिवार घर फर्किएको छ।
    भारत र पाकिस्तानले युद्धविराम गरेको कार्गिल आसपासको हिमाली क्षेत्रमा सुरक्षार्थ खटिएका अर्मजासहितको भारतीय सैनिकको टोली माघ १३ मा हिमपहिरोमा परेको थियो । अर्मजासहित नेपाली मूलका दार्जलिङका दुईजना गरी कम्तीमा १४ जना हिमपहिरोमा परेका थिए । घाइते अवस्थामा भेटिएका अर्मजाको माघ २५ गते उपचारका क्रममा निधन भएपछि शुक्रबार अन्त्येष्टि गरिएको छ। ‘आतंकवादीसँग लड्न सजिलो छ, हिमपहिरोमबाट बच्न मुस्किल’, मृतक अर्मजाको अन्तिम टेलिफोन संवाद दाजु गोविन्दले सम्झे।
    केही महिनाअगाडि पाकिस्तानी भूमिबाट भएको आक्रमण क्षेत्र आसपासमै खटिएका अर्मजाले मंसिरदेखि फागुन अन्तिमसम्म हिमपात भएका क्षेत्रमा जोगिन मुस्किल हुने परिवारलाई बताउने गरेका थिए। कश्मीरको जोखिमपूर्ण क्षेत्रमा नेपालीको उपस्थिति धेरै छ। अर्मजा कश्मीर क्षेत्रमा भारतीय सेनाले सुरु गरेको अपरेसनमा पनि सहभागी थिए।
    हिमपहिरोमा परेका थप तीनजना नेपालीको अवस्थासमेत चिन्ताजनक छ। हिमपहिरोमा परेकाको वास्तविक विवरण बाहिर नआएकाले घाइते र मृतकको संख्या बढ्न सक्ने त्यहाँ खटिएका म्याग्दीका युवाले बताएका छन्। कश्मीरमा खटिएका सैनिक लेक लागेर, दुर्घटनामा परेर दैनिकजसो घाइते हुने गरेको त्यहाँ कार्यरत नेपालीको भनाइ छ।
    खराब मौसम भएर पनि हिमाली क्षेत्रमा रहेका क्याम्प व्यवस्थापनमा चासो नदेखाउनु भारतीय पक्षको गम्भीर गल्ती भएको बताउँदै गोविन्दले भाइले जस्तै अरु नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने औंल्याए । भाइको निधनको खबर सुनेपछि गोविन्द नेपाल फर्केका हुन्।
    ‘हिमपातबीच आवतजावत गरेका तस्बिर देखेपछि सुरक्षित हुन पटकपटक अनुरोध गरे पनि भाइलाई दैवले लगिछाड्यो’, गोविन्दले भने।
    पछिल्लो समय पाकिस्तानी भूमिबाट लगातार आक्रमण हुन थालेपछि भारतीय सेनाले समेत सीमा सुरक्षामा कडाइ गर्दै कश्मीरको हिमालआसपास सैनिक संख्या बढाउँदा आफ्नो भाइ पनि परेको गोविन्दले बताए। ‘भाइको मृत्युले परिवारको सपनामा कालो बादल पोतिन पुग्यो’, उनले भने, ‘युद्धमा जितेको भाइलाई हिमपहिरोले छोडेन।’
    हिमपहिरोमा परेका र प्रत्यक्षदर्शीका अनुसार समयमै उद्धार नहुँदा घाइतेको मृत्यु हुन पुगेको हो। अर्मजा १४ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। उनले अवकाश लिन २ वर्ष ६ महिनामात्र बाँकी थियो । उनका पत्नी, एक छोरा र एक छोरी छन्।
    छुट्टीमा आएका बेला गाउँको विकास निर्माणमा समेत सक्रिय हुने अर्मजाको निधनले सिंगो पूर्णगाउँ शोकमा डुबेको छ। घटनाको जानकारी पाएलगत्तै मृतककी पत्नी र बाबुआमा अन्त्येष्टिका लागि भारत गएका थिए।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture