भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
उनीहरुको घरमा काम गर्ने क्रममा ती फिलिपिनो महिलाको २० किलो तौल घटेको थियो । उनलाई कयौं दिनसम्म पाउरोटी र तयारी चाउचाउ मात्रै खान दिइएको समाचार सार्वजनिक भएको थियो ।
धेरै सिंगापुरका दम्पतिहरुले घरमा काम गर्न फिलिपिन्सबाट घरेलु कामदार लिने गर्छन् तर त्यस्ता कामदारलाई गरिने दुव्र्यवहार सिंगापुरमा नौंलो होइन् ।
फिलिपिन्सकी थेल्मा ओयासान गवीडान १५ महिनासम्म उनीहरुको घरमा भोकभोकै काम गर्नुपरेको खबर सार्वजनिक भएको थियो । १५ महिनामा उनी ४९ केजीबाट २९ केजी तौलमा झरेकी थिइन् ।
पीडित महिलाले अदालतमा उनलाई निकै काम मात्र खाना खान दिने गरिएको बयान दिएकी थिइन् । उनले आफूलाई स्टोर रुपमा सुताउने गरिएको र हप्तामा एक वा दुई चोटीभन्दा बढी नुहाउन नदिने गरिएको बताएकी थिइन् ।
ती दम्पतिले आफ्नो मोबाइल फोन र पासपोर्ट नियन्त्रणमा राखेकाले सहयोगको याचना गर्न नसकेको बताइन् ।
सन् २०१४ को अप्रिलमा उनी घरबाट भागेर एक सहयोगी संस्थाको शरणमा पुगेकी थिइन् ।
अदालतले दम्पति लिम चोङ र पत्नी चोङ सुई फुनलाई दोषी ठहर गर्दै क्रमश: तीन साता र तीन महिनाको जेल सजाय सुनाएको छ ।
उनीहरुले अदालतमा आफूले खानेजत्तिकै खाना दिएको बयान दिएका छन् । व्यापारी चोङले आफ्नी पत्नी चोङ सोई फुनलाई खानेकुरा र सरसफाईको मानसिक समस्या रहेको बताएका छन् । मनोविदका अनुसारले यसको पुष्टि गरेका छन् ।
वकिलहरुले भने दम्पतिले धेरै र राम्रो खाना गरेको भन्दै कम्तिमा एक वर्षको सजाय हुनुपर्ने माग गरेका थिए ।
अदालतले लिमलाई तीन साताको जेल सजाय सुनाउँदै १० हजार सिंगापुर डलर जरिवाना तिराउने निर्णय गरेको छ । पत्नी चोङलाई भने तीन वर्ष जेल सजाय तोकेको छ ।
Loading...
No comments:
Post a Comment