भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
कतारमा रोजगार परिवर्तन कसरी गर्ने ?
February 6, 2017 Anil Magar
कतारमा लागु भएको नयाँ श्रम कानुन पछि श्रमिकहरुले काम परिवर्तन गर्ने सुविधा भएको छ । काम करार अवधि अन्र्तगतको नियम भित्र काम परिवर्तन हुने हुँदा पहिला आफ्नो काम करार अवधि बारे बुझ्न जरुरी छ । कतारमा हाल अवधि तोकिएको करार र अनिश्चितकालीन करार गरी दुई करार चल्दै आईरहेको छ ।
अवधि तोकिएको करार
अवधि तोकिएको करार भन्नाले श्रमिकले नयाँ रोजगारदाता संग सुरुमै गरेको सम्झौतामा करारको अवधि तोकिएको हुन्छ । यो १,२,३,४ र ५ भन्दा कम वर्षको हुनसक्छ ।
अनिश्चितकालीन करार
अनिश्चितकालीन करार भन्नाले श्रमिकले नयाँ रोजगारदाता संग सुरुमै गरेको सम्झौतामा करारको अवधि तोकिएको हुँदैन । यसमा श्रमिकले स्थायी रुपमा काम गर्नुपर्नेहुन्छ । कतारमा धेरै जस्तो यो करार बढी चलेको देखिन्छ ।
काम परिवर्तन गर्न चाहने अवधि तोकिएको करार अन्र्तगतका कामदारले आफ्नो साबिकको रोजगारदाता संगको करार सकिनु एक महिना अगावै आफु कार्यरत कम्पनीमा खबर र मन्त्रालयमा निवेदन दिनुपर्नेछ भने कामदार कुनै अपराधिक क्रयाकलापमा संम्लग्न रहेको हुनुहँुदैन् । तर कामदारले अवधि पुरा गरेको छैन भने कम्पनी बाट एन.व.सी पत्र आवश्यक पर्दछ नभए कामदार करार सकिने समय सम्म कतार बाहिर रहेको हुनुपर्दछ ।
जस्तै तपाईको सम्झौता ३ वर्षको रहेको हुँदा तपाईले कम्पनीमा काम गरेको २ वर्ष मात्र बितेको छ भने तपाई १ वर्ष कतार बाहिर बसेको हुनुपर्दछ ।
अनिश्चितकालीन करारमा कार्यरत कामदारले भने एउटै कम्पनीमा आफूले काम गर्न थालेको पाँच वर्ष पूरा गरेपछि मात्रै जागिर परिवर्तनको लागी निवेदन दिन सक्नेछ । पाँच वर्ष करार अवधि सकिनु अघि आफु कार्यरत कम्पनीमा खबर र मन्त्रालयमा निवेदन एक महिना अगाडी दिनुपर्नेछ । कामदारको सेवा अवधि पाँच वर्षभन्दा बढी भइसकेको खण्डमा भने आवेदन दिने अवधि ६० दिन तोकिएको छ । तर कामदारले अवधि पुरा गरेको छैन भने कम्पनी बाट एन.व.सी पत्र आवश्यक पर्दछ नभए कामदार करार संगै पाँच वर्ष समय सम्म कतार बाहिर रहेको हुनुपर्दछ ।
जस्तै तपाईको सम्झौता अनिश्चितकालीन करारमा रहेको हुँदा तपाइले कम्पनीमा काम गरेको ३ मात्र बितेको छ भने तपाई २ वर्ष कतार बाहिर बसेको हुनुपर्दछ ।
तर आफु रोजगारदाता बाट अपहेलना वा दुव्र्यवहार परेको प्रमाणीत गर्न सकेको खण्डमा भने मन्त्रालयले काम परिवर्तन गर्ने अवसर प्रदान गर्न सक्नेछ ।
काम परिवर्तन गर्न आन्तरिक मन्त्रालयमा आफ्नो अवधि हेरेर निवेदन दिनु पर्ने हुन्छ । निवेदन मन्त्रालयको कार्यलयमै गएर वा मन्त्रालयको वेबसाईट मार्फत दिन सकिनेछ ।
कसरी दिने काम परिवर्तनको निवेदन ?
१। मन्त्रालयको वेबसाइट मार्फत निवेदकले काम परिवर्तन को लागी आफ्नो कतारी आईडी र मोबाईल नम्बर हालेर निवेदन दिन सकिनेछ ।
२। त्यसपछि निवेदकको मोबाइल नम्बरमा पिन नम्बर आउनेछ ।
३। मोबाइलमा आएको पिन नम्बर हानेपछि निवेदकले नँया कामका लागी आवश्यक काम,पद, उमेर तथा रोजगार दाताको जानकारीको सूची हेर्न सक्नेछन् ।
४। अन्त्यमा काम परिवर्तनको शिर्षक रोजेर आफ्नो करारको प्रमाण पेश गर्नुपर्नेछ ।
वेबसाईट का लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ : http://e-notice.adlsa.gov.qa/
साथै आवेदन र स्वीकृतीहरु प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयद्धारा घोषित सर्तबमोजिम हुनेछ, केही कठिनाई वा प्राविधिक समस्या भएमा email : e-notice@adlsa.gov.qa | Tel : +974 40288888 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
कतार का अरु धेरै समाचारका लागि हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।
Loading...
No comments:
Post a Comment