• Breaking News

    Tuesday, March 21, 2017

    साउदीले नेपाली माथी देखायाे दया : बिना कारण जेल सजाय भाेग्दै अाएका नेपालीहरूलार्इ दियाे घर फर्कन सक्ने गरी ९० दिनकाे अाम माफी

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं । साउदी अरवले गैरकानुनी हैसियत कामदारलाई बिना सजाय स्वदेश फिर्न पाउने गरी ९० दिनको आममाफीको घोषणा आइतबार गरेको छ । यो मार्च २९ गतेबाट लागु हुनेछ । साउदीका राजकुमारसमेत रहेका उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो । सरकारले तीन वर्ष अगाडि पनि आममाफी दिएको थियो । त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए ।


    साउदी अरवका कम्पनी छाडेर गैरकानुनी हिसाबले अर्को कम्पनीमा काम गरिरहेका, कम्पनीले भिसा नलगाई राखेका, कम्पनी बन्द भई स्वदेश फिर्न नपाएका जस्ता कामदारहरु आममाफीको कार्यक्रममा फाइदा लिन सक्ने नेपाली दूतावासले जनाएको छ ।



    राजकुमार नैफले घर फिर्न चाहनेलाई सहजीकरण गर्न तोकिएको निकायलाई ब्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ । आन्तरिक मन्त्रलायका प्रवक्ता मान्सअवर अल–तुरकीले यो अभियानमा सहभागी कामदारलाई सहजीकरण गर्नको लागि १९ वटा निकायहरु तोकिएको बताए । ‘हज र उमराहको लागि आउदा बसेका देखि कुनै प्रकारका भिसाका आप्रबासीलाई पनि सहयोग गर्नेछौं,’ उनले भने ।

    ती कामदार स्वदेश फिर्नको लागि दूतावासले ट्राभल डकुमेन्ट जारी गनुपर्ने जनाएको छ । साउदीको राहदानी तथा अध्यागमन विभागले सबै तयारी पुरा गरिसकेपछि मात्रै ती कामदार स्वदेश फिर्न पाउने उनले बताए । ‘जो कामदारसँग आफ्नो आवासीय अनुमति छैन । उनीहरु तुरुन्तै नजिकको राहदानी बिभागमा सम्र्पक गर्न सक्नेछन्,’ उनले भने ।

    साउदीका लागि कार्यबाहक राजदुत आनन्दराज शर्माले नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौता अनुसार तलब, काम र सेवा सुविधा नपाउँदा कामदारहरु भाग्ने प्रवृत्ति रहेको बताए । ‘यहाँ पीडित कामदारलाई स्वदेश उद्धार गर्न हामी प्रयासरत छौं । सम्र्पकमा आएकालाई कम्पनी नछोड्न अनुरोध गर्दछौं,’ उनले भने, ‘तैपनि कामदारहरु चाहेको जस्तो नदेखेपछि भागिरहेका हुन्छन् ।’

    भागेका कामदार जेल बसेर स्वदेश फिर्न निकै कठिन भोग्दै आएका छन् । साउदीबाट जेल बसेर हरेक दिन जसो दुई दर्जन नेपाली फर्किरहेका हुन्छन् । तीन बर्ष अघि साउदीको आममाफीमा झण्डै २५ लाख आप्रवासी सहभागी भएका थिए ।अाजकाे कान्तिपूर देनिकमा खबर छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture