• Breaking News

    Tuesday, March 28, 2017

    नेपालीद्वारा युएईमा काठमाडौं रेस्टुरेन्ट संचालन

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    युएई । युएईमा नेपालीहरुले सयुक्त लगानीमा ब्यबसायी गर्ने क्रम फस्टाउन थालेको छ। अनुभवी, लगनशील तथा परिश्रमी नेपाली व्यावसायीद्वारा युएईको दुबईमा संचालित कम्पनीहरुको समुहले पुन नयाँ ब्वासाय अप्रिल ६ तारिक देखि काठमाडौं प्यालेस रेस्टुरेन्ट संचालनमा ल्याउने भएका छन्।

    वरदुबईमा सगरमाथा नेपाली सेलुन, दुबाईको डेरामा एडभाटाजिंग एण्ड प्रिन्टिङ कम्पनिको सफलता पछि बरदुबाईमानै तेस्रो संस्था काठमाडौं प्यालेस रेस्टुरेन्ट अप्रिल ६ तारिक देखि  संचालन गर्न गइरहेको संचालक राज कार्कीले मोफसललाई जनाकारी गराएका छन्।

    उचित मुल्य र पारिवारिक वातावरणमा उच्चस्तरीय सेवा दिने प्रतिबदता जनाउँदै कार्कीले  हामी सेवामा विश्वास गर्छौं, गुणस्तरमा बिश्वास गर्छौं र हाम्रा खानाका परिकारहरु सम्पुर्ण नेपाली उपभोक्ताहरुले उचित मुल्यमा पाउनुपर्छ भन्ने कुरामा अझ बढी बिश्वास गर्छौं त्यो सुबिदा हामि दिन्ने प्रतिबदता जनाएका छन्।

    नेपाली पन नेपाली बातावरणमा सस्तो सुलब मुल्यमा सेवा दिने एक मात्र उदेश्य रहेको बताउदै अर्का संचालक झलक भटराईले सफा, सुन्दर स्थानमा फ्रि इन्टरनेटको मज्जा लिदै शिष्ट तथा सहयोगी परिचारिकाहरूवाट यहाँहरुलाई सेवा दिने उदेश्यकासाथ हामी  काठमाडौं प्लाजा रेस्टुरेन्ट संचालन गर्न लागिएको बताए।

    काठमाडौं प्यालेस रेस्टुरेन्टमा  नेपाली वातावरणमा नेपाली परिचारिकाबाट उच्चस्तरीय सेवासहित स्वादिष्ट नेपाली, नेवारी, ईन्डियन, चाइनिज तथा अन्य परिकारकासाथ थप नयाँ परिकारहरु जस्तै शोरमा बारबारक्यु तथा विभिन्न खानाहरु एउटै अर्डरमा मिसाई बनाइएको  कम्बो अफर दिने जनाएका छन ।

     संचालक कार्कीले युएईमा क्रियासिल सम्पूर्ण सामाजिक संस्थाहरु , जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी ब्यबसायी तथा पत्रकारहरुलाई उद्घाटन कार्यक्रममा उपस्थिति भएर सहयोग गरिदिन अनुरोध गरेका छन।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture