• Breaking News

    Monday, March 27, 2017

    रोजगारीका लागि कोरिया पुगेका नेपाली युवक सुतेकै अवस्थामा मृत भेटिए

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    रोजगारीको लागि इपिएस मार्फत कोरिया पुगेका  एक नेपाली युवाको सुतेकै अवस्थामा ज्यान गएको छl कोरियाको  खोग्ंजु स्थित फुड कम्पनीमा  कार्यरत इटहरीका  २३ वर्षिय तपिन कटुवाल आफ्नै कम्पनीको आवास कोठामा  मृत भेटिएका हुनl
    आइतबार बेलुकी खानपान गरेर राम्रै सुतेका कटुवाल बिहान घडीको आलरम बज्दा  पनि नउठेपछि संगैको  साथीले बोलादा उनि मृत भेटिएको कम्पनीमा संगै काम गर्ने गणेश तामाङले बताएl उक्त कम्पनीमा १३ जना नेपाली कामदार कार्यरत रहेको बुझिएको छl
    ३ बर्ष अघि रोजगारी को लागि  कोरिया पुगेका कटुवाल  ५ महिना अघि मात्र छुट्टीमा  घर गइ बिहे गरि पुन कोरिया  फर्किएका थिएl जाँडरक्सी समेत कहिल्यै सेवन नगर्ने कटुवाल तीन दाजुभाइ मध्येका माइला हुन्। कटुवालका जेठा दाइ पनि पाँचवर्षको कोरिया बसाई पछि केही समय अघि मात्र नेपाल फर्केका थिए भने उनका कान्छा भाइ असिन कटुवाल पनि हाल कोरियामै कार्यरत छन्। हाल मृतकको शब प्रहरीले नजिकैको अस्पतालमा राखेको छ।
    सोल स्थित नेपाली दुतावासका श्रम काउन्सिलर देबराज ढकालले घटनाको   प्रहरी मार्फत आफुहरुलाई  आधिकारिक जानकारी आएको बताउदै  आफुहरु पनि सकेसम्म  छिटो घटना स्थल पुग्ने  तयारीमा रहेको बताए। पछिल्लो समय दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भइरहेको छ। सोल स्थित नेपाली दुतावासको तथ्यांक अनुसार सन् २०१६ मा मात्र कोरियामा बिभिन्न शिलशिलामा आएका २१ जना नेपालीले ज्यान गुमाएका छन्। जसमध्ये ५ जनाको मृत्युको कारण अझै सम्म खुल्न सकेको छैन।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture